About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० पुस
मोरङको उर्लाबारीस्थित आम्बारीमा चासोक तङ्नाम सुरु भएको छ । पाँच दिनसम्म चासोक विविध कार्यक्रमका साथ मनाइने आयोजकले जनाएको छ ।
आज पहिलो दिन भेट्रान फुटबल प्रतियोगितामा आम्बारी र राजघाट भेट्रानबीच प्रतिष्पर्धा भएको थियो । जसमा राजघाट भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ । बृहत साँस्कृतिक कार्यक्रम, विभिन्न खेलतमासा, रोटेपिङ, बालबालिकाका लागि मनोरञ्जन, राष्ट्रिय कलाकार डम्बर नेपाली, दिपक लिम्बू, भ्वाइस अफ किड्सका रुक्साना लिम्बू, कुशल थलङ, रोशन पंधाक, दिपा सुहाङ र शिव सम्बाहम्फे तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने किरात याक्थुम चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले बताउनुभयो । दैनिक अन्तरा ब्यान्डलगायतले पनि मनोरञ्जन दिने छन् ।
आज उद्घाटन दिन बिहानै मन्दिरमा पूजा गर्दै च्याब्रङ नाच, स्थानीय सार्वजनिक माविका विद्यार्थी, स्थानीय, अतिथि, पूजामा उपस्थित स्थानीयबासीलगायतले आम्बारी बजार हुँदै सिरिजंगाको सालिक परिक्रममा गरेका थिए । केलाङ, धान नाच, राईको साकेला लगायत झाँकी प्रदर्शन भएको थियो । पहिलो साँझ भ्वाइस अफ किड्सका रुक्सना लिम्बू र स्थानीय अन्तरा ब्यान्डको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक प्रकाश कन्दङवाले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेला, विशिष्ट अतिथिहरु कियाचु केन्द्रीय सदस्य बिमला पालुङ्वा, उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, वडा नं. २ का अध्यक्ष राजन कडेल, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, उर्लाबारी आदिवासी जनजाति महासंघ नगर अध्यक्ष शमसेर लिम्बू, समाजसेवी रुद्रबहादुर तामाङ, धिमाल, सन्थाल, मगर, राई, याख्खा, सुनुवार, दनुवार लगायतका प्रतिनिधिको आतिथ्यता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य कियाचु नगर उपाध्यक्ष अमर सेलिङले राख्नुभएको थियो भने किराँत याक्थुङ चुम्लुङ नगर सचिव अन्जु लिङ्गदेनले सञ्चालन गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय