
बरिष्ठ एआई बैज्ञानिक डा.पर्शुराम दाहालले एआईले मान्छेको आयु समेत बताउन सक्ने दाबी गर्नुभएको छ । सप्तकोशी एफएमको लोकप्रिय कार्यक्रम सप्तकोशी बहसमा कुराकानी गर्दै उहाँले एआई अर्थात कृतिम बुद्धिमताले कुनै ब्यक्ति यति बर्ष बाँच्न सक्छ भनेर बताउन सक्ने भन्नुभएको हो । मान्छेले के खान्छ ? कति खान्छ ? कति बेला खान्छ ? शारीरिक अभ्यास कत्तिको गर्छ ? लगायतका दैनिक ब्यबहारको बिश्लेषण गरेर यति बर्ष बाँच्छ भनेर मेशिनले प्रेडिक्ट गर्न सक्ने डा. दाहालले दाबी गर्नुभयो । अमेरिकी बिश्वबिद्यालय बाट भौतिकशास्त्रमा पिएचडी गरेर हाल अमेरिकाको प्रतिष्ठित कम्पनीमा एआई बैज्ञानिकका रुपमा कार्यरत डा.दाहालका अनुसार बिकसित देशहरुमा मान्छेको रोग पत्ता लगाएर एआइले उपचार गरिरहेको छ ।
सुन्नुहोस उहाँसँगको कुराकानी

मान्छेले जस्तै सोच बिचार गरेर सिक्दै सिक्दै आफै निर्णय गरेर मान्छेले भन्दा छिटो र उन्नत गरिकाले काम गर्न सक्ने कम्प्यूटर प्रबिधि एआई हाल हरेक क्षेत्रमा प्रयोग गर्न थालिएको छ । शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,सँञ्चार,बंैक बित्तीय क्षेत्र,प्रशासन,ब्यापार,उद्योग धन्दा,बिज्ञान प्रबिधि लगायत प्रायः सबै क्षेत्रमा एआईको प्रयोग बढदो मात्रामा रहेको डा.दाहालले जानकारी दिनुभयो । नेपाल जस्तो अल्पबिकसित देशहरुमा एआईको प्रयोग बढाउन सके यसलाई धेरै फाइदा लिन सकिने उहाँको सल्लाह छ ।
एआईको प्रयोग गरेर कार समेत चालक बिनै चलाउन सकिने भएको छ । हरेक क्षेत्रमा एआईको प्रयोग बढदै गएमा यसले मान्छेको जागिर खाइदिने चिन्ता छ ।तर डा. दाहाल भन्नुहुन्छ एआईले जागिर खाइदिन्छ तर त्यो भन्दा बढि जागिर सृजना पनि गर्छ त्यसैले जागिर खाइदिन्छ भनेर आत्तिनुपर्दैन ।