About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ भदौ
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
यस्ता छन् अनारका फाइदाः
धमनीको रक्षाः अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ।
पखला निको पार्छः ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ।
किड्नी जोगाउँछः अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ। फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ।
गर्भवती महिलालाई फाइदाः अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ। अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ।
कोलेस्टोल घटाउँछः अनार एन्टिअक्सिडियन्टयुक्त फल हो। यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ।
क्यान्सर विरोधीः अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ।
उच्च रक्तचाप नियन्त्रण गर्छः अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ। रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ।
रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छः यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ।
रक्त अल्पताबाट जोगाउँछः अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ। मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।
शरीरलाई शान्त बनाउँछः अनारमा शारीरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ। यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ।
कलेजोलाई फाइदाः अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ। कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ।
पेटलाई शान्त पार्छः अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ।
छालालाई पनि फाइदाः च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ।
कपालको रक्षाः नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ।
यौन स्वास्थ्य मजबुत पार्छः अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय