About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ कात्तिक
छठको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् । निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । अघ्र्य दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सँझिया घाटे’ पनि भनिन्छ ।
ब्रत नबसेका घरका सदस्यले दिउँसै दौरामा छठी माता, शिरसोप्ताको पूजा र सूर्यलाई अघ्र्य दिने सामग्री छठघाटमा पु¥याएका हुन्छन् । फर्कने बेलामा पनि उनीहरुले नै बोकेर ल्याइदिने चलन छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ ।
भोलि सोमबार सप्तमीका दिन बिहान सबेरै उठेर ब्रतालुले नुहाउँछन् । पुनः घाटमा पुग्छन्, शिरशोप्तामा पूजा गर्छन् । उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय