
काठमाडौं, ४ असार
मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ । आज बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुने आयोजक द डिजन ट्रेजरले जनाएको छ ।
यसअघि दुई वर्ष कोरोना महामारीका कारण मिस नेपाल रोकिएको थियो । यस पटक ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिनेछिन् ।
