
लाखौ रकम खर्चेर मान्छेवाट कुकुर वन्ने शौख पूरा गरेका एकजना जापानी नागरिक अहिले चर्चामा छन । टोको नामक जापानी नागरिक २० लाख रकम खर्चेर कुकुर वनेका हुन । २० लाख रकम खर्चेर वनाएको पोशाक लगाएपछि टोको कुकुर जस्तै वनेका छन ।

४० दिन लगाएर जेपीट नामक कम्पनिले पोशाक वनाएको हो । टोकोले आफनो ट्वीटरमा फोटोहरु राखेका छन । युटयूवमा पनि सार्वजनिक भएको छ । त्यहाँ सानो वल खेल्दै गरेको,लडिवुडी गरेको,हात मिलाएको देख्न सकिन्छ । टोकोलाई सानै देखि जनावरको जीवन जीउने शौख थियो । जनावरमा पनि कुकुर असाध्यै मन पथ्र्यो । कोली प्रजातीको कुकुर जस्तै वनेका टोको अहिले अन्तराष्ट्रिय रुपमा चर्चामा छन ।