
चर्चित कलाकार मनोज गजुरेल मातृभूमी,जन्मभूमीलाई निक्कै मायाँ गर्नुहुन्छ । उहाँले सामाजिक सञ्जाल फेसवुकमा आफनो जन्मघरको फोटो पोष्ट गरेर आफू जहाँ पुगे पनि आफनो जन्मघर,जन्मभूमी र मातृभूमीलाई कहिल्यै विर्सन नहुने सन्देश दिनुभएको छ । उहाँले लेख्नुभएको छ –
आज म को हुँ र के छु ?’ मूल प्रश्न यो होईन । प्रश्न के हो भने; ’भोलि मैले जानू पर्ने कता र कहिले होला ?!’ यसको जवाफ पाउन यो कहिल्यै बिर्सनु हुन्न कि– ’हिजो म कहाँबाट र कसरी आएको हुँ !!’जय जन्म, जय जननी, जय जन्मघर, जि. ताप्लेजुङ (याङरुप), साविक मामाङ्खे गाविस–१ (हालः श्रीङ्घा गाउँपालिका – ६) ठ्याक्कै कञ्चनजंघा हिमालको फेदी भनेपनि हुन्छ ।
