
उर्लाबारी, ७ पुस
पुसको चिसो मौसममा गायक शिव परियारले उर्लाबारी तताउने भएका छन् । क्रिसमस डेको दिन पुस १० गते परियार उर्लाबारी आउने भएका हुन् ।
होटल ग्राण्डले आयोजना गरेको साँगीतिक कार्यक्रममा उनको विशेष प्रस्तुति रहने सञ्चालक केशव भट्टराईले जानकारी दिए । सो अवसरमा गायक नन्दु गुरुङ, सुरेश धिमाल, पारस लामा तामाङ, तारावीर पाण्डेको पनि प्रस्तुति रहने उनले बताए ।
होटल ग्राण्ड क्रिसमस नाइट नाम दिइएको कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने जनाइएको छ । पाँच सय रुपैयाँ टिकट तोकिएको कार्यक्रममा उर्लाबारीका अलराउण्ड र न्यु स्टार डान्स सेन्टरको पनि प्रस्तुति रहने छ ।
तीन महिना अघिदेखि युवा व्यवसायीहरु केशव भट्टराई, नवीनकुमार भट्टराई र विवेक दाहालले नयाँ व्यवस्थापनका साथ होटल ग्राण्ड सञ्चालनमा ल्याएका हुन् ।
