
इटहरी, १८ कार्तिक
नेकपा एमाले वडा कमिटी इटहरी १६ ले वडाका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ । स्थानीय टिकुलिया टोलका ४९ परिवार बाढी पीडितलाई राहत वितरण गरिएको एमाले इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
दशै लगत्तै आएको बाढीबाट प्रभावितहरुलाई तिहारको मुखमा केही सहज होस् भनेर दाल, चामल, नुन, तेल प्रदान गरिएको चौधरीले बताए । यस किसिमका सामाजिक कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने चौधरीको भनाई छ । स्थानीय हक्राहा खोलामा आएको बाढीले टिकुलिया टोल प्रभावित भएको थियो ।