About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ कार्तिक
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले उर्लाबारी मधुमल्ला सडक निर्माणमा पहलकदमी चाल्न प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई आग्रह गर्नुभएको छ ।
दुई दिनअघि मात्र मन्त्री नियुक्त भएका कार्कीलाई मेयर फागोले उर्लाबारी मधुमल्ला सडक लामो समयदेखि लथालिङ्ग हुँदा यस क्षेत्रका बासिन्दा आजित भएको तथा सवारी आवागमनमा समस्या उत्पन्न बताए । प्रदेश सरकारले तत्काल चासो लिएर सडक निर्माण कार्य अघि बढाउनु पर्ने मन्त्री समक्ष मेयर फागोले माग राखे ।
बुधबार उर्लाबारी नगरपालिका कार्यालयमै भएको भेटघाटमा मन्त्री कार्कीले आफूले भर्खर कार्यभार सम्हालेकोले सडकको बारेमा बुझेर कदम चालिने बताए । भेटघाटमा सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, उपाध्यक्ष कुमार खड्काको सहभागिता रहेको थियो ।
प्रदेश सरकार मातहत रहेको उर्लाबारी मधुमल्ला सडक ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि लथालिङ्ग छ । हिउँदमा धुलो र वर्खामा हिलोले सडक छेउछाउका बासिन्दा आजित भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय