About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ कार्तिक
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मोरङको उर्लाबारी–४ क्याम्पस मोडमा सवारी दुर्घटनामा परी शिक्षासेवी नरेन्द्रप्रसाद ढुंगानाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ७८२८ नम्बरको बसले विपरीत दिशाबाट प्रदेश १– ०२–०४१ प ४४०८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका ६२ वर्षीय ढुंगानालाई आज दिउँसो ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । ठक्कर दिने बस र चालकलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै स्थानीयले तीन घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए । बस र चालकलाई पथरीमा पक्राउ गरेपछि मृतक ढुंगानाको शव उठाएर पोष्टमार्टमका लागि आम्दा अस्पताल दमक लगिएको छ ।
उर्लाबारी–४ आईतबारे निवासी ढुंगाना उर्लाबारी–२ मा अवस्थित सुनपकुवा माविका पूर्व प्रधानाध्यापकका साथै उर्लाबारी–७ मा रहेको भृकुटी मोडल एकाडेमीका संस्थापक समेत रहेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय