
उर्लाबारी, १७ कार्तिक
उर्लाबारी वडा नं. ४ मा १३८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेकाहरुलाई आज एक कार्यक्रम गरी काँग्रेसले पार्टीमा स्वागत गरेको छ ।
काँग्रेस वडा समिति उर्लाबारी ४ को आयोजनामा भएको कार्यक्रममा एमालेका ७५ र अन्य राप्रपा र माओवादी केन्द्र पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेको वडा सभापति प्रेम याक्खाले बताए । नवप्रवेशीलाई काँग्रेसका क्षेत्रीय सभापति खड्ग फागो, नगर सभापति सुरेन्द्र लिम्बूलगायतले अविर र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका क्षेत्रीय सहसचिव अरुणा थापा, क्षेत्रीय सदस्यहरु गोपाल कट्वाल, गीता खतिवडालगायतको उपस्थिति रहेको थियो । वडा सभापति प्रेम याक्खाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भीम घिमिरेले गरेका थिए ।



