About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ कार्तिक
नेकपा एमाले उर्लाबारी नगर कमिटीको अध्यक्षमा गंगाप्रसाद बास्तोला निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र सेर्मालाई ३७ मत अन्तरले पराजित गर्दै बास्तोला अध्यक्ष निर्वाचित भएका हुन् । बास्तोलाले २७२ र सेर्माले २३५ मत प्राप्त गरे ।
यस्तै, उपसचिवमा भरतमणि गौतम विजयी भएका छन् । उनले २३१ मत प्राप्त गरे । उपसचिवका प्रत्यासी गोविन्द सुवेदीले ९४, जीवन काफ्लेले ८४ र जीवप्रसाद कट्टेलले ७८ मत प्राप्त गरे । नगर कमिटीको अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष र एक उपसचिवका लागि आज मतदान भएको थियो । ५२३ जना नगर प्रतिनिधिले मतदान गरेका थिए ।
यसअघि उपाध्यक्षमा कुमार लिम्बू, सचिवमा गोपालप्रसाद रिमाल सर्वसम्मत चयन भएका थिए । यस्तै, पदाधिकारीमा एक जना महिला अनिवार्य हुनुपर्ने विधान अनुसार दुई मध्ये एक उपसचिवमा निर्मला गौतम सर्वसम्मत् चयन भएकी छन् । नवनिर्वाचित अध्यक्ष गंगा बास्तोलाले सबैको भावनालाई समेटेर अघि बढ्ने बताए ।
आगामी कार्तिक २३ गते सपथग्रहण र प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन समिति संयोजक भिष्माकुमारी रेग्मीले जानकारी दिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय