About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ कार्तिक
नारी सृजना कृषि सहकारी संस्था उर्लाबारी–७ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत महिना निर्वाचित सञ्चालक समितिको पदस्थापन र पुरानो समितिको विदाई कार्यक्रम शनिबार संस्थाको सभाहलमा सम्पन्न भएको हो ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यता र संस्थाकी निवर्तमान अध्यक्ष भागीरथा अधिकारीको सभापतित्वमा कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भण्डारीले उर्लाबारीमा महिलाहरुले सञ्चालन गरेको सहकारी संस्थाले उत्कृष्ट कार्य गर्दै आएको बताइन् । महिलाद्वारा सञ्चालित उर्लाबारीका चार वटै सहकारी एकै ठाउँमा रहेको हेर्न चाहेको उनले बताइन् । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष मीना बराल, निर्वाचन समिति सदस्य कृष्णमाया कडरियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको २३ औं चुनावी साधारणसभाबाट आगामी कार्यकालका लागि अध्यक्षमा पुष्पकुमारी राजभण्डारी, उपाध्यक्षमा निर्मला चौहान (निरु), सचिवमा गितादेवी अधिकारी, कोषाध्यक्षमा दुर्गावती लिम्बू चयन भएका छन् । यस्तै, सदस्यमा वसन्ती राई, देवीमाया तामाङ, हिरादेवी श्रेष्ठ, सुशीला थापा र रेणुका भट्टराई तथा लेखा संयोजकमा पवित्रा दंगाल, लेखा सदस्यमा रोनिका पौडेल र टिका भुजेल चयन भएका छन् ।


पदस्थानकै अवसरमा संस्थाले दुई जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान र तीन जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । ज्येष्ठ नागरिक डम्बरकुमारी थापा र भिमकुमारी अधिकारीलाई प्रमुख अतिथि भण्डारीले सम्मान गरिन् । यस्तै, बालबालिकातर्फ सम्झना भट्टराई, रोहित कट्वाल र इश्वर कट्वाललाई जनही ११ सय नगद छात्रवृत्ति प्रदान गरिएको संस्थाकी व्यवस्थापक इन्दिरा खनालले जानकारी दिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय