About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मधुुमल्ला, १४ कार्तिक
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा नेपाली काँग्रेस वडा समितिले गत कार्तिक १ र २ गतेको अबिरल वर्षा र हावाहुरीबाट भएको क्षति बारे जानकारी गराउँदै वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अविरल वर्षाबाट भएको क्षतिको विवरण उपलब्ध गराउँदै पीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण पत्र वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीलाई बुझाएको हो । नेपाली काँग्रेस मिक्लाजुङ वडा नम्बर ८ का सभापति सन्तोष कार्की नेतृत्वको टोलीले कार्तिक २ गतेको बर्षा तथा हावाहुरीका कारण वडा नं. ८ भएको क्षतिको विवरण संकलन गरी जतिसक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण पत्रमा जनाइएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ८ नेपाली काँग्रेसले सो वडामा कार्तिक ११, १२ र १३ गते ३ दिन लगाएर स्थलगत निरीक्षण गर्दै डाटा संकलन गरेको थियो । डाटा संकलन अनुसार ४ सय ८२ घरधुरीको २ सय ६० विगाहाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको बताइएको छ । साथै बाढीेका कारण बाटो, पैनी, पानीको मुहान, पुलपुलेसा, कल्भर्ट बाँधमा समेत क्षति पुगी तहस नहस भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीले स्थानीय सरकारले गर्नु पर्ने काम र कर्तव्यबाट कतिपनि पछि नहटी चाँडोभन्दा चाँडो उचित क्षतिपूर्ति र बिग्रिएका संरचनाहरुको तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय