About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ कार्तिक
उर्लाबारीको सबैभन्दा पुरानो सहकारी सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हेमचन्द्र थापा विजयी भएका हुन् । हिजो सम्पन्न निर्वाचनको आज बिहान सम्पन्न मत परिणाम अनुसार थापा ११ सय ५९ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी विश्वनाथ ढुंगानाले ९ सय ६२ र डिल्लीराम सापकोटाले ८ सय ९६ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा तिला खतिवडा १४ सय ८४ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी रमेश विष्टले १ हजार ८६ मत पाए । निर्वाचन परिणाम अनुसार सञ्चालक सदस्यमा दीपक आचार्य (१९५४ मत), अभिशेख पोख्रेल (१८९९ मत), नारायण भट्टराई (१८२५ मत), खेमराज कोइराला (१७२२ मत) र नारदप्रसाद सुवेदी (१६०५ मत) विजयी भए । सदस्यका अन्य प्रतिस्पर्धी रमेश सुवेदीले १५ सय ६७, लिलमबहादुर बस्नेतले ११ सय १३ र हरिबहादुर श्रेष्ठले ९ सय ८५ मत पाए ।
संस्थाको निर्वाचन कार्यक्रम अनुसार सचिवमा रविन भट्टराई, सहसचिवमा ज्योति थापा र कोषाध्यक्षमा राजेन्द्र आचार्य, महिला सदस्यमा जानुका दाहाल, कमला मोक्तान र धनमाया धिमाल सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, लेखा समिति संयोजकमा गोविन्दप्रसाद खतिवडा, सदस्यमा नारायणप्रसाद आचार्य र सन्तोष लिम्बू पनि सर्वसम्मत निर्वाचित भए ।
२८ वर्षअघि स्थापना भएको सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था र सिर्जना बचत तथा ऋण सहकारी संस्थाबीच मर्ज भएर प्रारम्भिक चुनावी साधारणसभा हिजो सम्पन्न भएको संस्थाका व्यवस्थापक राजकुमार बरालले जानकारी दिए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय