About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ कार्तिक
नेकपा एमाले उर्लाबारीको नगर अधिवेशन भोलि हुँदैछ । उर्लाबारी पार्टी प्यालेसमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकोले अब उर्लाबारी एमालेको बागडोर कस्ले सम्हाल्ने हो भन्नेमा सबैको ध्यान गएको छ । नगर अध्यक्षका ७ जनाको नाम चर्चामा रहेको छ । वर्तमान नगर कमिटी अध्यक्ष अग्नि भट्टराई, उमाकान्त गौतम, पुष्प ढकाल, गंगा बास्तोला, निरोज तिम्सिना, सुरेन्द्र सेर्मा र मेघराज श्रीपाली अध्यक्षका आकांक्षी रहेका छन् ।
मोरङका १७ वटा पालिका मध्ये आधा बढी पालिकाको अधिवेशन सकिएको छ भने अधिवेशन गर्न बाँकी पालिकाको भोलि अधिवेशन हुँदैछ । भरसक पालिका अधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्न पार्टी नेतृत्व लागिपरेको छ । उर्लाबारीमा पनि नगर कमिटी सर्वसम्मत् चयन गर्ने कसरत गरिएको छ । आकांक्षी बढी भएका कारण सर्वसम्मत् गराउन सकस परिरहेको स्रोतले बताएको छ ।
यसैबीच, नेकपा एमाले मोरङले उर्लाबारी नगर अधिवेशन भव्यताका साथ सम्पन्न गर्न सहजकर्ताहरु तोकेको छ । जिल्ला कमिटीले नरेश पोखरेल, भुपाल जिमी, लक्ष्मी भण्डारी, रुपेश खतिवडा र राजकुमार बस्नेतलाई सहजकर्ताका रुपमा खटाएको छ । सहजकर्ताहरुले सर्वसम्मत् नेतृत्व चयनका लागि सहजीकरण गर्ने जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय