About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० कार्तिक
नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहाल चयन भएका छन् । हिजो सम्पन्न नगर अधिवेशनले उपाध्यक्षमा उमनाथ अधिकारी, सचिवमा भीमकुमार राई, उपसचिवमा लालबहादुर भण्डारी र रुक्मिणा बजगाईँसहित ७५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
यस्तै, मोरङको मिक्लाजुङ गाउँ कमिटी अध्यक्षमा बुद्धिमान लिम्बू चयन भएका छन् । हिजै सम्पन्न गाउँ अधिवेशनले उपाध्यक्षमा बुद्धिलाल निरौला, सचिवमा नवीन कार्की, उपसचिवमा चन्द्रकुमार लिम्बू र वबिता ढकाललाई चयन गरेको हो । सो गाउँपालिकामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय