
उर्लाबारी, २८ असोज
उर्लाबारीका व्यवसायी गोपाल अग्रवालले उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकालाई दसैंको नयाँ कपडा प्रदान गरेका छन् । नेपाली काँग्रेस उर्लाबारी वडा नं. ७ वडा समितिको समन्वयमा अग्रवालले बाल गृहमा आश्रित ५३ जना बालबालिकालाई कपडा प्रदान गरेका हुन् ।
व्यापार, व्यवसायसँगै सामाजिक कार्यमा अग्रणी गोपाल स्टोर्स उर्लाबारी–७ का गोपाल अग्रवाल र अन्जु अग्रवालले प्रत्येक वर्ष विभिन्न स्थानमा सहयोग गर्दै आएका छन् । यस वर्ष बाल गृहका बालबालिकालाई ४० हजार मूल्य बराबरको कपडा सहयोग गरेको गोपाल अग्रवालले बताए ।
नेपाली काँग्रेस उर्लाबारी ७ का वडा सभापति मदनबाबु प्रसाईको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारी–७ का युवा व्यवसायी पूर्ण सिंगक लिम्बूले बाल गृहलाई नगद ५ हजार सहयोग गरे । सो अवसरमा सहयोगी दाताको तर्फबाट नेत्रप्रसाद आपागाई र पूर्ण सिंगक लिम्बू, बाल गृहकी अध्यक्ष मीना बरालले मन्तव्य राखेका थिए ।
गृहकी अध्यक्ष बरालले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका बताइन् । गृहमा आश्रित अनाथ बालबालिकाहरुले पनि हाँसी खुसीसाथ दसैं मनाउन् भन्ने उद्देश्यले सहयोग प्रदानका लागि समन्वयकारी भूमिका निर्वाह गरेको काँग्रेस वडा उपसभापति सुमन कार्कीले बताए ।