About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ असोज
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत साता सम्पन्न उर्लाबारी नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीको पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । काँग्रेस उर्लाबारीका निवर्तमान नगर सभापति वीरबल थापाको अध्यक्षता र मोरङ १ का क्षेत्रीय सभापति खड्ग फागोको प्रमुख आतिथ्यतामा उर्लाबारी पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा निवर्तमान सभापति थापाले नवनिर्वाचित सभापति सुरेन्द्र लिम्बूलाई पार्टीका खाता, चाबीसहित पद हस्तान्तरण गरे । थापाले आफ्नो कार्यकालमा उर्लाबारीमा नेपाली काँग्रेसलाई चलायमान बनाउन सहयोग पु¥याउने कार्यसमिति लगायत काँग्रेसजनलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
जेसीज स्टाइलमा भव्य कार्यक्रम गरी पद हस्तान्तरण उर्लाबारी काँग्रेसमा पहिलो पटक भएको उपस्थित काँग्रेसजनहरुले बताए । कार्यक्रमलाई प्रमुख अतिथि खड्ग फागो, नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय शोभा चेम्जोङ पालुङ्वा, सीता कार्की, नगर सभापति सुरेन्द्र लिम्बू, निवर्तमान सभापति वीरबल थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फागोले नगर समितिका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अबको राजनीति जनतालाई केन्द्रमा राखेर गरिनुपर्ने बताए । केन्द्रका कुनै नेताको पछि लागेरभन्दा पनि जनताका आवश्यकता, चाहना के छन् बुझेर राजनीति गर्न आवश्यक भएको बताए । निवनिर्वाचित नगर सभापति सुरेन्द्र लिम्बूले सहमति सहकार्य र एकताका साथ आफू अघि बढेर उर्लाबारीमा नेपाली काँग्रेसलाई अझ दर्बिलो बनाउने प्रतिबद्धता व्यक्त गरे । बक्ताहरुले पार्टीको आन्तरिक निर्वाचनमा जे जस्तो परिणाम आएपनि त्यसलाई स्वीकारेर पार्टीलाई बलियो बनाउने अभियानमा सबै लाग्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय