About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ असोज
हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी–५ को अध्यक्षमा ढकबहादुर थापा (डिवी) निर्वाचित भएका छन् । हिजो भएको मतदानको मत गणना अनुसार थापा ३५१ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रामकुमार बुढाथोकीले २३९ मत प्राप्त गरे ।
संस्थाको उपाध्यक्षमा इन्दिरा राई विजयी भएकी छिन् । राईले ३२४ र प्रतिस्पर्धी गणेश दुलालले २४८ मत प्राप्त गरे । यस्तै, सहसचिवमा २६४ मतका साथ निरमला गौतम निर्वाचित भइन् । सहसचिवका प्रत्यासी बन्धुकुमार निरौलाले २४३ र डिल्लीराम गौतमले ५६ मत पाए ।
यस्तै, कार्यसमिति सदस्यको खुलातर्फ सर्वाधिक ३२१ मतका साथ रुपचन्द्र दाहाल (रोशन) विजयी भए । सदस्यमा केशरबहादुर चौहान (केदार) २५९ मत र कमलराज गौतम २४१ मत ल्याइ विजयी भए । सदस्यमा पराजित उम्मेद्वार रेवत सुवेदीले २२३, राजेन्द्र कार्कीले १८२, चेतराज सिंह श्रेष्ठले १७६ र टोमनाथ गौतमले १७४ मत प्राप्त गरे ।
संस्थाको सचिवमा मनोरथ भण्डारी, कोषाध्यक्षमा ज्ञानेन्द्र भट्टराई, लेखा समिति संयोजकमा विकास बुढाथोकी, कार्यसमिति सदस्य महिलातर्फ हिमादेवी राई, शान्ताकुमारी राई प्रधान र ममता पाण्डे तथा लेखा समिति सदस्यमा चेतराज श्रेष्ठ र सविन गौतम निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले आज एक कार्यक्रम गरी निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय