About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० असोज । मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित नारी सृजना कृषि सहकारी संस्था लिमिटेडको २३ औँ साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।  साधारणसभाले आगामी नेतृत्वका लागि अध्यक्षमा पुष्पकुमारी राजभण्डारीलाई सर्वसम्मत चयन गरेको हो । आज भएको उम्मेद्वारी मनोनयन दर्तामा राजभण्डारीको मात्र अध्यक्षमा उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत चयन हुनुभएको हो । यस्तै सहकारीको उपाध्यक्षमा निर्मला चौहान (निरु), सचिवमा गितादेवी अधिकारी, कोषाध्यक्षमा दुर्गावती लिम्बु सर्वसम्मत चयन हुनुभएको छ ।

सदस्यहरुमा बसन्ती राई, देवीमाया तामाङ, हिरादेवी श्रेष्ठ, सुशीला थापा र रेणुका भट्टराई सर्वसम्मत चयन हुनुभयो । लेखा संयोजकमा पवित्रा दंगाल तथा लेखा सदस्यमा रोनिका पौडेल र टिका भुजेल चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय