
उर्लाबारी, २० असोज
हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी–५ को नयाँ कार्यसमिति चयनका लागि भोलि हुने निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । हिजो दिनभर भएको सहमति प्रयास विफल भएपछि अध्यक्षसहित छ पदमा निर्वाचन हुने भएको हो ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष ढकबहादुर थापा (डिवी) र वर्तमान सचिव रामकुमार बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको छ । सहमति हुन नसकेपछि अध्यक्ष पदका दुवै उम्मेद्वार भोट माग्न व्यस्त भएका छन् । यस्तै, उपाध्यक्षमा इन्दिरा राई र गणेश दुलाल, सहसचिवमा बन्धुकुमार निरौला, निरमला गौतम र डिल्लीराम गौतम चुनावी प्रतिस्पर्धामा छन् । खुला तीन सदस्यका लागि ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्यमा रुपचन्द्र दाहाल (रोशन), केशरबहादुर चौहान (केदार), राजेन्द्र कार्की, रेवत सुवेदी, चेतराजसिंह श्रेष्ठ, कमलराज गौतम र टोमनाथ गौतम उम्मेद्वार छन् । यसअघि सदस्यमा उम्मेद्वारी दर्ता गराएका चिन्तामणि भट्टराई, मित्रप्रसाद ढकाल, कृष्णप्रसाद लुइटेल र कृष्णराज गुरुङले उम्मेद्वारी फिर्ता लिएका छन् ।
संस्थाको सचिवमा मनोरथ भण्डारी, कोषाध्यक्षमा ज्ञानेन्द्र भट्टराई, लेखा समिति संयोजकमा विकास बुढाथोकी, कार्यसमिति सदस्य महिलातर्फ हिमादेवी राई, शान्ताकुमारी राई प्रधान र ममता पाण्डे तथा लेखा समिति सदस्यमा चेतराज श्रेष्ठ र सविन गौतम निर्विरोध निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा वृन्दा पौडेल न्यौपानेले उम्मेद्वारी फिर्ता लिएपछि बुढाथोकी सर्वसम्मत निर्वाचित भएका हुन् । भोलि हुने निर्वाचनका लागि वडा वडाबाट छानिएर आएका साढे छ सय बढी प्रतिनिधिले मतदान गर्ने संस्थाका अध्यक्ष डिवी थापाले जानकारी दिए ।