About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ असोज
उर्लाबारी उद्योग वाणिज्य संघले वडादशैं, शुभदीपावलीको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आज संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नजिकिँदै गरेका चाडपर्वको शुभकामना आदान प्रदान गरिनुका साथै तीन साताअघि निर्वाचित संघका पदाधिकारी सदस्यको परिचय गरिएको थियो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर फागोसहित नेकपा एमाले नगर अध्यक्ष उमाकान्त गौतम, नेपाली काँग्रेस नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष तोर्ण श्रेष्ठ, राप्रपा नगर अध्यक्ष देवीप्रसाद दाहाल, संघका पूर्व अध्यक्ष तेजकुमार रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष शेरबहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष यमलाल रसाइलीको स्वागत मन्तव्य र संघका महासचिव हेमराज गुरुङको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय