About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ असोज
हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी–५ को नयाँ कार्यसमिति चयनका लागि आज उम्मेद्वारको मनोनयन दर्ता गरिएको छ । संस्थाको आगामी कार्यकालका लागि सचिव, कोषाध्यक्ष, महिला सदस्य र लेखा समिति सदस्य सर्वसम्मत चयन भएका छन् भने अध्यक्षलगायत पदमा एकभन्दा बढी उम्मेद्वार खडा भएका छन् ।
संस्थाको सचिवमा मनोरथ भण्डारी, कोषाध्यक्षमा ज्ञानेन्द्र भट्टराई, महिला सदस्यमा हिमादेवी राई, शान्ताकुमारी राई प्रधान र ममता पाण्डे बुढाथोकी सर्वसम्मत चयन भएका छन् । यस्तै, लेखा समिति सदस्यमा चेतराज श्रेष्ठ र सविन गौतम पनि सर्वसम्मत भएका छन् ।
अध्यक्ष पदमा भने दुई जनाको उम्मेद्वारी परेको छ । वर्तमान अध्यक्ष ढकबहादुर थापा (डिवी) र वर्तमान सचिव रामकुमार बुढाथोकीले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । यस्तै, उपाध्यक्षमा इन्दिरा राई र गणेशकुमार दुलाल, सहसचिवमा बन्धुकुमार निरौला, निरमला गौतम र डिल्लीराम गौतम, लेखा सुपरीवेक्षण समिति संयोजकमा विकास बुढाथोकी र वृन्दा पौडेल (न्यौपाने) उम्मेद्वार बनेका छन् । तीन जना खुला सदस्यका लागि ११ जनाको उम्मेद्वारी परेको छ । रुपचन्द्र दाहाल (रोशन), राजेन्द्र कार्की, रेवत सुवेदी, केशरबहादुर चौहान (केदार), चेतराजसिंह श्रेष्ठ, चिन्तामणि भट्टराई, कमलराज गौतम, टोमनाथ गौतम, मित्रप्रसाद ढकाल, कृष्णप्रसाद लुइटेल र कृष्णराज गुरुङले सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।
हाम्रो बचतको आगामी कार्यकालका लागि असोज २१ गते निर्वाचन हुँदैछ । उम्मेद्वारी फिर्ताको लागि भोलि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । अध्यक्ष लगायत पदाधिकारी र सदस्यमा सर्वसम्मत गराउन प्रयास समेत गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय