About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मधुमल्ला, १६ असोज
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ मिक्लाजुङ गाउँ सभापतिमा बबि राई निर्वाचित भएका छन् । आज सम्पन्न गाउँ अधिवेशनबाट अत्यधिक मतका साथ राई सभापतिमा निर्वाचित भएका हुन् ।
हिजो भएको मनोनयन दर्तामा गाउँ सभापति बाहेक सबै पदमा सर्वसम्मत् चयन भएको थियो तर सभापतिमा राई र अरुण बस्नेतको उम्मेद्वारी परेपछि निर्वाचन भएको हो ।
गाउँ समिति उपसभापतिमा खगेन्द्र मादेन र भवानी राई, सचिवमा दीपक श्रेष्ठ र गुरु चापागाई, सहसचिवमा देउमान तामाङ र बिमल शम्शेर कुँवर सर्वसम्मत् निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय