About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले ५४ जना ज्येष्ठ नागरिक सम्मान गरेको छ ।
नगरपालिकाले ३१ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
“सवै उमेर समुहको लागि विधुतीय प्रविधिको प्रयोगमा समानता” भन्ने नारका साथ आज देशभर ज्येष्ठ  नागरिक दिवस मनाइदैछ । सोही अवसरमा उर्लाबारी नगरपालिकाले पनि वडा नम्वर १ देखी ९ नम्वर वडा सम्मका प्रत्येक वडा बाट ६ जनाका दरले ज्येष्ठ  नागरिकहरुलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिकलाई  नगर प्रमुख खड्ग फागोले खादा र प्रतिव्याक्ति नगद २ हजार प्रदान गरेर सम्मान गरे। कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले ज्येष्ठ  नागरिक जिउदो इतिहास भएकाले उनीहरुलाई जुनसुकै हिसाबले पनि सम्मान गर्नु पर्ने बताए।
सम्मान कार्यक्रममा नगरपालिकाकै सबैभन्दा पाको उमेरका ज्येष्ठ  वडा नम्वर २ बाट १०३ वर्षका डिकमाया बराल र धनमाया तामाङ वडा नम्वर ७ बाट १०० वर्ष उमेर पुग्नु भएका रत्नमाया शाक्य समेतकाे सहभागीता थियो । नगरपालिकाले ज्येष्ठ नागरिकको हितमा विभिन्न कार्यक्रम गर्दै आएकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख चन्द्रकला सुब्बाले बताइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय