About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ असाेज नेपाली काँँग्रेसकाे उर्लाबारी नगर सभापतिमा सुरेन्द्र लिम्बू निर्विरोध निर्वाचित भएका छन् । नगर अधिवेशन अन्तर्गत आज भएकाे मनाेनयनमा सभापति पदमा लिम्बूको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा राजु लामा र केशवकुमार मल्लिक, सहसचिवमा चन्द्रिका घले र टंकराज गिरी निर्विरोध निर्वाचित भए । सचिव पदमा भने तीन जनाकाे उम्मेदवारी परेकाे छ । विजय सुब्बा, दिपक भट्टराई र राजनकुमार रायमाझीले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । सचिव बाहेक सबै पद सर्वसम्मत भएकाे र सचिवमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेकाे बुझिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय