About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ असोज
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ वटै पालिकामा असोज १६ गते गाउँ, नगर अधिवेशन हुँदैछ । जसका लागि भोलि असोज १५ गते मनोनयन दर्ताको मिति तय भएको छ । काँग्रेसको जिल्ला निर्वाचन समितिले गाउँ, नगर अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार असोज १५ गते बिहान ९ बजे मतदाता नामावली प्रकाशन, ११ देखि २ बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता, ४ः३० बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । सोही दिन साँझ ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेपछि असोज १६ गते बिहान ८ देखि २ बजेसम्म मतदानको समय तोकिएको छ । सोही दिन ४ बजेदेखि मतगणना गरी निर्वाचन परिणाम घोषणा र निर्वाचितलाई प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मोरङका १७ वटै पालिकामा सभापति १, उपसभापति २, सचिव २, सहसचिव २ र अनुसूची बमोजिम सदस्य पदमा निर्वाचन हुँदैछ । मोरङमा विराटनगर महानगर, ८ नगरपालिका र ८ गाउँपालिकामा काँग्रेसको पालिका अधिवेशन हुन लागेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय