About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ असोज
उर्लाबारी–५ स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ६ देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । असोज ६ गते उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले उद्घाटन गरिएको साधारणसभा आज पत्रकार सम्मेलन गरी सम्पन्न भएको हो ।
संस्थाको केन्द्रीय कार्यालय उर्लाबारी तथा सेवा केन्द्रहरु पथरी, मिक्लाजुङ र पथरीमा हाजिरी पुस्तिका राखी शेयर सदस्यका राय सुझाव संकलन गरी साधारणसभा सम्पन्न गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन्द्रराज पौडेलले बताए । समापन कार्यक्रममा पत्रकार जगन्नाथ भट्टराईलाई सम्मान गरिएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय भट्टराईले पत्रकारिताको माध्यमबाट सहकारीको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्थाले सम्मान गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेल र उर्लाबारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङले भट्टराईलाई सम्मान गरे ।
शेयर सदस्यको हितमा कल्याणकारी योजना ल्याएको सुदर्शन सहकारी दिनानुदिन प्रगतिपथमा लम्किरहेको विभागीय प्रमुख यादप भण्डारीले बताए । साधारणसभाको अवसरमा संस्थाले वित्तीय कारोबारमा उत्कृष्ट ९८ जना शेयर सदस्य, बाल शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने ८१ जनालाई सम्मान गरेको छ ।
मोरङको उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई, मिक्लाजुङ तथा झापाको दमक, गौरादह, कमल गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीले क्षेत्र विस्तारका साथै सेवा केन्द्र थप गर्दै लाने जनाएको छ । संस्थामा ३ हजार ८ सय ७७ महिला र ४ हजार ९ सय ४९ पुरुष गरी ८ हजार ८ सय २६ जना शेयर सदस्य रहेका छन् । यस संस्थाले दैनिक बचत योजना, आवधिक बचत योजना, अवधि बचत योजना, वाल शैक्षिक बचत योजना, त्रैमासिक ब्याज बचत भुक्तानी योजना र कर्जा लगानी योजना सञ्चालन गर्दै आइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय