About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ११ असोज
इटहरी उपमहानगरपालिकाबाट गरिने सेवा प्रवाहका सम्बन्धमा महिला समूहहरुले गर्दै आएको आन्दोलन स्थगित गर्ने सहमति भएको छ । उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षसँग वार्ता र सम्वादको माध्यमबाट मागका विषय हल गर्न उपमहानगरले पहल गर्ने सहमति भएको जनाउनु भएको छ ।
आन्दोलनरत महिला समूहका प्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, उपमहानगरकी उपप्रमुख, प्रमुख प्रशासकीय अघिकृत समेतको संयुक्त छलफलबाट यस्तो सहमति भएको विज्ञप्तीमा उल्लेख छ । नगर प्रमुख कोरोना संक्रमण भएर उपचार गराइरहनु भएकाले उहाँ स्वास्थ्यलाभ गरी फर्किएपछि आपसी वार्ता र सम्वादको माध्यमबाट मागका विषय हल गर्न उपमहानगरले पहल गर्ने र आन्दोलनरत पक्षले आन्दोलन स्थगित गर्ने सहमति भएको विज्ञप्तीमा जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय