About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ९ असोज
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शिवमाया तुम्बाहाङ्फेले भोलि पनि संसदको अवरोध जारी राख्ने बताउनुभएको छ । सुनसरीको झुम्कामा अनेमसंघ सुनसरीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेका दुई वटा माग पूरा नभएसम्म संसद अवरोध जारी राख्ने बताउनुभयो ।
उहाँले सभामुख गठवन्धन सरकारको स्वार्थ अनुसार चलेको बताउँदै अघिल्लो सरकारले सुरु गरेका सडक निर्माणका योजना अहिलेको सरकारले रोकेर जनविरोधी कार्य गरेको आरोप लगाउनुभयो । सभालाई अनेमसंघ केन्द्रीय सचिव मेनुका काफ्ले, केन्द्रीय सदस्य लक्ष्मी गौतम, कुन्ता शर्मा, नेकपा एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी, राष्ट्रिय परिषद सदस्य मुरारी सुवेदी, अनेमसंघ सुनसरी अध्यक्ष मञ्जु भण्डारी, पुष्कर कार्की, शंकरलाल चौधरी लगायतले सम्बोधन गर्नुभयो । सभामा बोल्ने वक्ताहरुले सुनसरी जिल्लामा पार्टी विभाजनको असर नरहेको बताउदै लालकिल्ला बनाउने दाबी गरेका छन्् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय