About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कानेपोखरी, ९ असाेज । मोरङ कानेपोखरी गाउँपालिका ७ मा राष्ट्रिय युवा संघ नेपाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको वडा कमिटी गठन भएको छ । राष्ट्रिय युवा संघ नेपाल तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कानेपोखरीको आयोजनामा सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

भेलाबाट राष्ट्रिय युवा संघ नेपाल वडा नं. ७ को अध्यक्षमा सम्मर सुनुवार चयन भएका छ्न् । नवगठित समितिको उपाध्यक्षमा जीवन गुरुङ, सचिवमा भगिराज लिम्बू, सह-सचिवमा दिपक देवजा र कोषाध्यक्षमा वर्षा परियार गरी ६१ सदस्यहरू चयन भएका हुन् ।

त्यसैगरी मदन भण्डारी स्पोर्ट्स एकेडेमी वडा नं. ७ बाट सुमन राईको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। नव गठित कमिटीको उपाध्यक्षमा बद्री ढकाल, सचिवमा गोविन्द दाहाल, सह-सचिवमा टंक भुजेल र कोषाध्यक्षमा रिता नेपाल चेम्जोङ चयन भएका छन् ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालिका उपाध्यक्ष राजमती इङ्नाम, नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरीका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य चरण गुरुङ, नेकपा एमाले कानेपोखरी सचिवालय सदस्य मोहनप्रसाद अधिकारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मोरङ अध्यक्ष भुपाल श्रेष्ठ, राष्ट्रिय युवा संघ मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयाँल, युवासंघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष ताराबहादुर काफ्लेले युवाहरू परिवर्तनको जग भएको बताए । उनले अब बिकास र समृद्धिको हरेक तह र तप्कामा सम्पूर्ण युवाहरू सक्षम र दरिलो भएर लाग्न अनुरोध साथै सुभकामना समेत व्यक्त गरे ।

नेकपा एमाले वडा नं. ७ का संयोजक हरिप्रसाद न्यौपानेको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको संचालन मदन भण्डारी स्पोर्ट्स एकेडेमी कानेपाेखरी सचिव राजकुमारी तामाङले गरेकी थिइन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय