About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ८ असोज
सी डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिताको च्याम्पियन बन्दै वी डिभिजनमा बढुवा भएको चर्च व्वाइज युनाइटेड फुटबल क्लबले खेलाडीहरुलाई सम्मान गरेको छ । आज उर्लाबारी–५ स्थित क्लबको कार्यालयमा एक कार्यक्रम गरी सी डिभिजन लिगका बिजेता खेलाडीहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल र क्लबका अध्यक्ष रुवेन राईले खेलाडीहरुलाई सम्मान गरे । असल खेल कौशल प्रदर्शन गरी लिग च्याम्पियन भएकोमा खेलाडी र क्लबलाई बधाई दिँदै प्रमुख अतिथि धिमालले क्लब र खेलाडीको अझ प्रगतिको शुभकामना दिए । चर्च व्वाइज क्लबलाई आफूले नजिकबाट जाने बुझेकोले आफूले सक्ने सहयोग गर्न तत्पर रहेको उनले बताए ।
क्लबका अध्यक्ष राईले खेलाडी, अफिसियल, पदाधिकारीको अथक प्रयासका कारण यो उपलब्धि हासिल गरेको बताउँदै यसलाई टिकाउँदै अझ सफलताको शिखर चुम्न क्लबले कुनै कसर बाँकी नराख्ने जनाए । वी डिभिजनमा बढुवा भएसँगै स्पोन्सर पनि प्राप्त भएको बताउँदै उनले झापा झिलझिलेको कन्काई स्पोर्ट हाउससँग जर्सीलगायत स्टेशनरी सामग्रीका लागि एक वर्षको सम्झौता भएको जानकारी दिए ।
कार्यक्रममा फुटबल प्रशिक्षक सञ्जीव बुढाथोकी, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, सञ्चार क्लबका पूर्व अध्यक्ष सरोज बस्नेत, ए डिभिजन फुटबल खेलाडी निरज बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय