About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ असोज
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको उर्लाबारीमा वडा अधिवेशन सकिएसँगै अब सबैको ध्यान नगर अधिवेशनतर्फ लागेको छ । वडा अधिवेशनको नतिजाले उर्लाबारी नगर सभापतिमा सुरेन्द्र लिम्बूको पल्ला भारी भएको छ ।
बुधबार भएको वडा अधिवेशनबाट उर्लाबारीमा झण्डै ९० प्रतिशत क्षेत्रीय प्रतिनिधि क्षेत्रीय सभापति खड्ग फागो पक्षका विजयी भएका छन् । सुरेन्द्र लिम्बू सोही समूहबाट नगर सभापतिको उम्मेद्वार रहेका कारण उनको जित निश्चित जस्तै भएको छ । वडाको नतिजाले लिम्बू सर्वसम्मत् नगर सभापति हुने सम्भावना पनि बढेर गएको छ ।
नगर सभापतिको दाबेदारी प्रस्तुत गर्दै आएको मुक्ति न्यौपाने वडा नं. ८ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि उनको नगर सभापतिमा प्रतिस्पर्धा गर्ने ढोका बन्द भएको छ । वर्तमान नगर सभापति वीरबल थापा पुनः नगर सभापतिमा उठ्ने बारेमा केही बताएका छैनन् । अधिकांश क्षेत्रीय प्रतिनिधि लिम्बू पक्षका निर्वाचित भएपछि थापा नगर सभापतिमा उठ्ने सम्भावना न्यून रहेको काँग्रेसजन बताउँछन् ।
को हुन् सुरेन्द्र लिम्बू
लामो समयदेखि काँग्रेसको राजनीतिमा आवद्ध सुरेन्द्र लिम्बू काँग्रेस उर्लाबारी–५ को निवर्तमान वडा सभापति हुन् । वडामा पार्टीलाई चलायमान बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नगर सभापति भएर उर्लाबारीमा काँग्रेसको संगठनलाई अझ दर्बिलो बनाउन आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ । राजनीति, व्यवसाय र सामाजिक कार्यलाई सँगसँगै अगाडि बढाउँदै आएका लिम्बू स्पष्टवक्ता तथा इमान्दार छवि बनाएका युवा नेता हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय