
उर्लाबारी, ६ असोज
मोरङको उर्लाबारी–७ स्थित सुन्दरफूल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा उर्लाबारी–४ स्थित बक्राहा घाटमा फोहोर हाल्ने डस्विन राख्नुका साथै वृक्षरोपण गरेको छ । आज उर्लाबारी–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी संस्थाले बक्राहा शवदाह स्थलमा दुई वटा फलामका डस्टविन राखेको छ भने सोही परिसरमा बिरुवा रापेको छ ।
संस्थाका अध्यक्ष उपेन्द्र कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धिमाल, प्याव्सनका केन्द्रीय सदस्य तथा संस्थाका सल्लाहकार लेखनाथ भट्टराईले मन्तव्य राख्नुभएको थियो । सुन्दरफूल सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदाहरणीय कार्य गरेको उहाँहरुले बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष कँडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।
सो अवसरमा वडा सदस्यद्वय कृष्णमाया कडरिया र अमृता नेपाली, प्याव्सन मोरङका उपाध्यक्ष सुवास राई, प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेल, प्याव्सन पथरी शनिश्चरेका अध्यक्ष सुरेन्द्र लिम्बू, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, संस्थाका सल्लाहकारहरु गोपालप्रसाद रिमाल, केदार खनाल, नोबलकिशोर खनाललगायतको आतिथ्यता रहेको थियो ।



