
उर्लाबारी, ५ असोज
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उर्लाबारीका तीन वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ । आज सम्पन्न मनोनयन दर्तामा वडा नं. १, ६ र ९ को वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
वडा नं. १ को सभापतिमा गोविन्द भट्टराई चयन भएका छन् । वडाको उपसभापतिमा कुमार जबेगु र कमलबहादुर अधिकारी, सचिवमा तिलकराज नेपाली र अम्बिका गौतम, सहसचिवमा कौशिला लिम्बुनी र सञ्जिवकुमार विश्वकर्मा चुनिएका छन् । वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिमा नरबहादुर मगर, नारायणप्रसाद आचार्य, केशवकुमार मगर, कमलबहादुर तामाङ, चेतनारायण बराल, छत्र कठेत, गौरी पाख्रिन, गोमा श्रेष्ठ, दुर्गादेवी खोक्रेल, बालकृष्ण कार्की, यामकुमार घिमिरे, देवीकुमारी सुवेदी, आकाशकुमार श्रेष्ठ, शरणकुमार तामाङ, सीतामाया थम्पुरा, भक्तबहादुर दर्नाल र प्रवेश खवास चयन भएका छन् ।
यस्तै, वडा नं. ६ को सभापतिमा महेन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् । सो वडाको उपसभापतिमा रेवतीरमण कोइराला र श्यामकुमार सुब्बा, सचिवमा यादवप्रसाद आचार्य र प्रेमबहादुर बोहोरा, सहसचिवमा सुरेश राई र शान्तिराम फुयाँल रहेका छन् । यस्तै, क्षेत्रीय प्रतिनिधिमा दीपेन्द्र धिमाल, चिन्तामणि पौडेल, दुर्गाप्रसाद खतिवडा, अनिल श्रेष्ठ, नारदमणि नेपाल, डिल्लीराज अधिकारी, नेत्रकुमारी भट्टराई, भागीरथा अधिकारी, दुर्गावती लिम्बू, टंकदेवी कोइराला, दिपक भट्टराई, कुमार पोखरेल, माया धिमाल, भोलामान श्रेष्ठ, अम्बिका तामाङ, तिलोकचन्द्र वाहेती, सरिता महरा र टिकाराम राई (बाजाहाङ) चयन भएका छन् ।
उता, वडा नं. ९ को सभापतिमा कैलाश थापा मगर सर्वसम्मत चयन भएका छन् । सो वडामा उपसभापतिमा लोकेन्द्रबहादुर लिम्बू र अर्जुन पन्धाक लिम्बू, सचिवमा तारानाथ सापकोटा र रन्जित श्रेष्ठ, सहसचिवमा दिनेश आपागाई र राज श्रेष्ठ चुनिएका छन् ।
वडा नं. २ को सभापतिमा तीन जना प्रतिस्पर्धामा छन् । यस्तै, वडा नं. ३ मा रोहित कार्की र चेतन कोइरालाले सभापतिका लागि मनोनयन दर्ता गराएका छन् । वडा नं. ४ को सभापतिमा प्रेम याक्खा र सन्तोष भण्डारी उम्मेद्वार छन् । वडा नं. ५ मा सभापति बाहेक कार्यसमितिका सबै पद सर्वसम्मत भएको छ । वडा सभापतिमा रोहित थापा र विक्रान्त योञ्जन प्रतिस्पर्धामा छन् ।
यस्तै, वडा नं. ७ मा मदनबाबु प्रसाई र सुरबीर कार्की तथा वडा नं. ८ मा कोमलप्रसाद खतिवडा र भीमप्रसाद लामिछाने सभापतिका उम्मेद्वार रहेका छन् । सर्वसम्मत नभएका वडामा भोलि (असोज ६ गते) निर्वाचित हुने कार्यक्रम रहेको छ ।



