About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ असाेज   उर्लाबारी-५ स्थित उर्लाबारी बचत तथा ऋण सहकारी संस्था लि. को १६ औ चुनावी बार्षिक साधारणसभाबाट अध्यक्षमा पुन गाेपालकुमार घिमिरे चयन भएका छन् । अगामी चार वर्षे कार्यकालका लागि संचालक समिति र लेखा समिति सर्बसम्मत चयन भएकाे हाे । नयाँ समितिको उपाध्यक्षमा टिकाराम पौडेल, सचिवमा नेत्रप्रसाद आपागाई ,सहसचिव रेखबहादुर डागी ,सदस्यहरुमा चन्द्रबहादुर राई, केशब लुईटेल, उर्मिला दाहाल ,बद्री बिक्रम सुवेदी , लेखा समितिको संयोजकमा प्रेम प्रसाद रेग्मी सदस्यमा भगवती सुवेदी र प्रकाश दुलाल चयन भएका छन् संस्थाले बार्षिक ६ करोड ७५ लाख रुपैया काराेबार गर्दै शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश  बाढ्न सफल भएको सचिव नेत्रप्रसाद आपागाईले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय