About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ असोज
उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा शेरबहादुर भण्डारी निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार प्रगतिशील साझा प्यालनबाट उम्मेद्वार बनेका भण्डारी ७८९ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी लोकतान्त्रिक प्यालनका तारामान सिरेङ लिम्बूले ६३० मत प्राप्त गरे ।
मत परिणाम अनुसार १३ सदस्यीय कार्यसमितिमा प्रगतिशील साझा प्यानलबाट अध्यक्षसहित ७, लोकतान्त्रिक प्यालनबाट ५ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् । लेखा समितिमा दुई जना लोकतान्त्रिक र १ जना प्रगतिशील साझाका उम्मेद्वार विजयी भए ।
संघको बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली १ मत अन्तरका साथ विजयी भए । रसाइलीले ६७५ ल्याउँदा प्रतिस्पर्धी दिलबहादुर श्रेष्ठले ६७४ मत पाए । उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की ८३७ मतका साथ विजयी भए । उनका प्रतिद्वन्दी रामप्रसाद धिमालको पक्षमा ४७२ मत प्राप्त भयो । यस्तै, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान विजयी भइन् । उनले ८०७ मत मत ल्याउँदा प्रतिस्पर्धी पवन चौधरीले ५४६ मत ल्याए ।
संघको महासचिवमा हेमराज गुरुङ ६८३ मतका साथ विजयी हुँदा महासचिव पदकी उम्मेद्वार सम्झना खतिवडा आचार्यको पक्षमा ६७० मत प्राप्त भयो । उद्योग सचिवमा डिल्लीराम खतिवडा निर्वाचित भएका छन् । ७१५ मत ल्याएका खतिवडाका प्रतिस्पर्धी पूर्ण सिंगक लिम्बूले ६१६ मत प्राप्त गरे । यस्तै, वाणिज्य सचिवमा ७३८ मतका साथ भेषबन्दु निरौला विजयी भए । उनका प्रतिस्पर्र्धी यज्ञबहादुर बस्नेतले ५८२ मत ल्याए । कोषाध्यक्षमा राजन दाहाल विजयी भएका छन् । उनले ७०९ र प्रतिस्पर्धी कृष्णराज गिरीले ६१२ मत प्राप्त गरे ।
बरिष्ठ उपाध्यक्ष यमलाल रसाइली, उद्योग उपाध्यक्ष जंगबहादुर कार्की, उद्योग सचिव डिल्ली खतिवडा र कोषाध्यक्ष राजन दाहाल प्रगतिशील साझा प्यालन तथा उद्योग उपाध्यक्ष निर्मला चौहान, महासचिव हेमराज गुरुङ र बाणिज्य सचिव भेषबन्दु निरौला लोकतान्त्रिक प्यालनका हुन् ।
कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेद्वार गोपाल भण्डारी सर्वाधिक मतका साथ विजयी भए । उनले ९१९ मत प्राप्त गरे । कार्यसमितिका अन्य सदस्यमा नित्तम चौहान (७३०), नुतन राई पिके (६३३), राजकुमार श्रेष्ठ (५९२) र दशरथ यादव बेचन (५३८) विजयी भए । चौहान र राई प्रगतिशील तथा श्रेष्ठ र यादव लोकतान्त्रिक गठबन्धनका हुन् ।
यस्तै, लेखा समिति संयोजकमा लोकतान्त्रिक गठबन्धनका गणेश खत्री निर्वाचित भए । उनले ६६१ मत ल्याउँदा प्रतिस्पर्धी गजिन्द्र भण्डारीले ६११ मत प्राप्त गरे । लेखा समिति सदस्यमा राधिका काफ्ले ६८८ र रोशन घिमिरे ६४४ मतका साथ विजयी भए । काफ्ले प्रगतिशील र घिमिरे लोकतान्त्रिक गठबन्धनका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय