About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० भदौ
भोलि हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा १६ पदका लागि ३३ जना उम्मेद्वार मैदानमा छन् । अरु उम्मेद्वार भन्दा सदस्य पदका उम्मेद्वार गोपाल भण्डारी फरक छन् । उनी स्वतन्त्र उम्मेद्वार हुन् । संघको यस पटकको निर्वाचनका लागि उनी एक्ला स्वतन्त्र उम्मेद्वार हुन् ।
चुनावी अभियानमा होमिएका भण्डारी व्यापारी, व्यवसायीको हौसलाले उत्साहित छन् । ‘आफू व्यापारीको उम्मेद्वार भएकोले कुनै प्यानलमा छुइँन । व्यापारिक हकहितमा लागिपर्ने हो, कुनै पार्टी र प्यालनमा लागिरहनु पर्दैन’ उनको भनाई छ । उर्लाबारी–५ स्थित गोपाल भण्डारी ज्वेलर्सका सञ्चालक गोपाल प्रभावशाली र बलियो उम्मेद्वारका रुपमा खडा भएका छन् ।
पाँच सदस्य पदका लागि ११ जनाको उम्मेद्वारी परेपनि गोपालको जित निश्चित झैं भएको व्यवसायी गणेश भट्टराई बताउँछन् । ‘सबैको साथ सहयोग छ, उहाँको जित निश्चित छ’ उनले भने । भण्डारी उर्लाबारी क्षेत्रका व्यापारी व्यवसायी बीच अत्यन्तै परिचित हुन् । व्यापारिक क्षेत्रमा उनको हाइट उच्च छ । व्यापार व्यवसाय र समाजसेवाप्रति उत्तिकै सक्रिय उनी असल, कुशल कर्तव्यनिष्ट र इमान्दार व्यवसायीका रुपमा चिनिन्छन् । विगत दुई दशकदेखि उर्लाबारी उद्योग वाणिज्य संघमा आवद्ध सफल उद्यमी व्यवसायी भण्डारीले २०५८ सालदेखि सुनचाँदीबाट व्यापार व्यवसायमा लागेका हुन् ।
उनी भन्छन् ‘संघलाई व्यापारीको साझा संस्था बनाउनु पर्छ, त्यसका लागि सम्पूर्ण व्यापारीको आवाज उठाउन सक्ने सक्षम र क्षमतावान योग्य उम्मेद्वारको आवश्यकता रहेको छ ।’ राजनीतिक दलले प्यालन खडा गरी उम्मेद्वारी घोषणा गरिरहेको अवस्थामा उहाँको स्वतन्त्र उम्मेद्वारीले उर्लाबारी नगरभरि एकाएक चर्चा चुलिएको छ । संघमा गएर व्यापारिक हकहितका लागि योगदान गर्ने हिसाबले उम्मेद्वारी दिएको उनले बताए । आम व्यापारीका साझा उम्मेद्वारका रुपमा चर्चामा रहेका गोपाल मोरङ सुनचाँदी व्यवसायी संघको सचिव, उर्लाबारी व्याडमिन्टन संघको कोषाध्यक्ष लगायत संघ संस्थामा आवद्ध छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय