
मोरङ, ३० भदौ
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको काज सरुवा भएको छ । गृहमन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारीको काज गरुवा गरेको हो । निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
निरौलाको ठाउँमा काशीराज दाहाल आउने भएका छन् । गृहमन्त्रालयमा कार्यरत दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।



