About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ समिति चयनका लागि भदौ ३१ गते निर्वाचन हुँदैछ । १६ पदका लागि ३३ जना चुनावी मैदानमा रहेका छन् । ३३ उम्मेद्वार मध्ये महिलाको संख्या ३ मात्र छ । यस पटक संघमा ९ प्रतिशत मात्र महिला उम्मेद्वार रहेका छन् ।
चुनावी मैदानमा उत्रिएका दुई प्यालनले तीन जना महिलालाई मात्र उम्मेद्वार बनाएका छन् । लोकतान्त्रिक प्यालनबाट बाणिज्य उपाध्यक्षमा निर्मला चौहान तथा प्रगतिशील साझा प्यालनबाट महासचिवमा सम्झना खतिवडा आचार्य र लेखा समिति सदस्यमा राधिका काफ्ले उम्मेद्वार बनेका छन् ।
तीन जना महिला उम्मेद्वार उच्च मनोवलका साथ चुनावी मैदानमा होमिएका छन् । महासचिवकी उम्मेद्वार खतिवडा संघमा पहिलो महिला महासचिव बन्ने अठोट लिएको बताउनुहुन्छ । व्यापारी, व्यवसायीहरुबाट राम्रो आश्वासन पाएकोले जितमा विश्वस्त हुनुहुन्छ उहाँ । आफूले संघलाई अघि बढाउन र व्यापारी, व्यवसायीको हकहितका लागि एउटा भिजन लिएर अघि बढेकोले पनि सबैको साथ पाएको उहाँले बताउनुभयो ।
उता, बाणिज्य उपाध्यक्ष पदकी उम्मेद्वार निर्मला चौहान संघको उपल्लो पदमा पहिलो पटक महिलाको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बताउनुहुन्छ । उर्लाबारी उद्योग वाणिज्य संघमा उद्योग सचिवभन्दा माथि अहिलेसम्म महिला पुगेको इतिहास छैन, त्यो तोड्न चाहनुहुन्छ, निर्मला । व्यापारी, व्यवसायीको साथ पाएकोले जित्नेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।
लेखा समितिकी उम्मेद्वार राधिका काफ्ले पनि संघमा महिलाको प्रतिनिधित्वका लागि सबैको साथ सहयोग रहने बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय