
उर्लाबारी, २९ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा लोकतान्त्रिक प्यालनको पक्षमा माहोल बढेको छ । नेपाली काँग्रेस, राजपा, लिम्बुवान पार्टी सम्मिलित सो गठबन्धनको माहोल बढेको हो ।
लोकतान्त्रिक गठबन्धनले आज निकालेको ¥यालीमा नेपाली काँग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बू, नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलाल, लेटाङ नगरपालिकाका मेयर शंकर राई, राजपा तथा लिम्बुवानका जिल्लास्तरका नेताको सहभागिताले तारामान सिरेङ लिम्बू नेतृत्वको प्यानलका उम्मेद्वारको हौसला बढेको छ ।
काँग्रेस जिल्ला सभापति लिम्बूले लोकतान्त्रिक प्यालनका उम्मेद्वारलाई जिताउन अपील गरे । ¥याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले अध्यक्ष पदका उम्मेदवार तारामान सिरेङ र प्यालनका उम्मेद्वार व्यापारीको नेतृत्व गर्न सक्षम भएको बताए । सभापति लिम्बू, जेसीजका पूर्व अध्यक्ष दुलाल, लेटाङका मेयर राई चिउरामिलदेखि ¥यालीसँगै हिँडेर हाटखोलासम्म पुगेका थिए । सो क्रममा उनीहरुले लोकतान्त्रिक प्यालनको पक्षमा भोट हाल्न व्यापारीलाई आग्रह समेत गरेका थिए ।
यस्तै, काँग्रेसका क्षेत्रीय सभापति खड्ग फागो पनि लोकतान्त्रिक प्यालनको पक्षमा माहोल सिर्जना गर्न लागिपरेका छन् । उनले उद्योग वाणिज्य संघको नेतृत्व गर्न सक्षम, समावेशी टिम लोकतान्त्रिक गठबन्धनको रहेको बताउँदै आएका छन् ।
अग्रजहरुको साथ सहयोग र व्यापारी व्यवसायीको हौसलाले आफूहरु उत्साहित भएको अध्यक्ष पदका उम्मेद्वार तारामान सिरेङ लिम्बूले बताए । हाम्रो टिमका सबै साथीहरु उत्साहित हुनुहुन्छ, उनले भने ।
लोकतान्त्रिक प्यालनबाट अध्यक्षमा तारामान सिरेङ लिम्बू, बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान, महासचिवमा हेमराज गुरूङ, उद्योग सचिवमा पूर्ण सिंगक लिम्बू, वाणिज्य सचिवमा भेषबन्दु निरौला र कोषाध्यक्षमा कृष्णराज गिरी उम्मेद्वार रहेका छन् । यस्तै, कार्यसमिति सदस्यमा भीम घिमिरे, नवीन श्रेष्ठ, दशरथ यादव (वेचन), योवाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ, लेखा समिति संयोजकमा गणेश खत्री तथा सदस्यमा रोषन घिमिरे र विकास राई उम्मेद्वार छन् ।



