About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ । गठबन्धन बनाएर चुनावी मैदानमा होमिएको प्रगतिशील साझा प्यालन र लोकतान्त्रिक प्यालनका उम्मेद्वारहरु मतदाता फकाउन अन्तिम प्रयासमा छन् । दुवै प्यालनले व्यापारी, व्यवसायीको घरदैलो सकेर व्यक्तिगत तथा समूहगत रुपमा भोट मागिरहेका छन् ।
यस पटक उर्लाबारी उद्योग वाणिज्य संघमा नेकपा एमाले, नेकपा (एस), नेकपा माओवादी केन्द्र र राप्रपा गठबन्धनबाट प्रगतिशील साझा प्यानल र नेपाली काँग्रेस, राजपा र लिम्बुवान मिलेर लोकतान्त्रिक प्यालन चुनावी मैदानमा होमिएका छन् । चुनाव जति नजिक आइरहेको छ, दुवै समूहका उम्मेद्वार मतदातालाई फकाउन उत्तिकै सक्रिय छन् ।
प्रगतिशील साझा प्यालनबाट अध्यक्षमा शेरबहादुर भण्डारी, बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिवमा सम्झना खतिवडा आचार्य, उद्योग सचिवमा डिल्ली खतिवडा, वाणिज्य सचिवमा यज्ञबहादुर बस्नेत र कोषाध्यक्षमा राजन दाहाल उम्मेद्वार रहेका छन् । यस्तै, कार्यसमिति सदस्यमा नुतन राई, नितम चौहान, निलप्रसाद गौतम, अनिल साहु र नरेन्द्र थापा, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी तथा सदस्यमा राधिका काफ्ले र फुर्वा तामाङ उम्मेद्वार छन् ।
यस्तै, लोकतान्त्रिक प्यालनबाट अध्यक्षमा तारामान सिरेङ लिम्बू, बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान, महासचिवमा हेमराज गुरूङ, उद्योग सचिवमा पूर्ण सिंगक लिम्बू, वाणिज्य सचिवमा भेषबन्दु निरौला र कोषाध्यक्षमा कृष्णराज गिरी उम्मेद्वार रहेका छन् । यस्तै, कार्यसमिति सदस्यमा भीम घिमिरे, नवीन श्रेष्ठ, दशरथ यादव (वेचन), योवाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ, लेखा समिति संयोजकमा गणेश खत्री तथा सदस्यमा रोषन घिमिरे र विकास राई उम्मेद्वार छन् ।
संघको नेतृत्वमा तारामान सिरेङ लिम्बू र शेरबहादुर भण्डारी को पुग्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । अन्य पदमा पनि मिश्रित नतिजा आंकलन आउने अनुमान गरिएको छ । अब दुई दिनपछि उर्लाबारी उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाउँदैछ । भदौ ३१ गते हुने संघको निर्वाचनमा १७ सय ४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय