About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ भदौ
आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनको प्रचार प्रसारका क्रममा लोकतान्त्रिक गठबन्धनले आज उर्लाबारीमा ¥याली निकालेको छ । उर्लाबारी–७ चिउरामिलबाट सुरु भएको ¥याली बरगाछी, उर्लाबारी चौक, हाटखोला हुँदै पुनः उर्लाबारी चौकमा आएर कोणसभामा परिणत भएको थियो ।
¥याली समापनका अवसरमा आयोजित कोणसभामा नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, अध्यक्ष पदका उम्मेद्वार तारामान सिरेङ लिम्बू र निर्वाचन परिचालन समितिका संयोजक विनोद न्यौपानेले मन्तव्य राखेका थिए ।
लोकतान्त्रिक प्यालनका उम्मेद्वारहरुको पक्षमा माहोल सिर्जना गर्न ¥याली निकालिएको हो । सो अवसरमा गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, जसपा र लिम्बुवानका जिल्लादेखि नगरम्मका पदाधिकारी, उर्लाबारीका उद्योगी व्यापारी व्यवसायीले उम्मेद्वारलाई साथ दिएका थिए ।
कोणसभामा बोल्दै लोकतान्त्रिक गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार तारामान सिरेङ लिम्बूले व्यापारी, व्यवसायीका हकहितमा सदैव लागिपर्ने बताउनुभयो । यसअघि संघको कार्यसमिति सदस्य, महासचिव, बरिष्ठ उपाध्यक्षमा रहँदा आफूले गरेको कामको मूल्याङ्कन गर्न पनि उहाँले व्यापारीहरुलाई आग्रह गर्नुभयो । पदमा रहँदा होस् या नरहँदा व्यापारीका समस्यामा अहोरात्र खटेको उदाहरण उहाँले पेश गर्नुभएको थियो ।
सो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान, महासचिवमा हेमराज गुरूङ, उद्योग सचिवमा पूर्ण सिंगक लिम्बू, वाणिज्य सचिवमा भेषबन्दु निरौला र कोषाध्यक्षमा कृष्णराज गिरी उम्मेद्वार रहेका छन् । यस्तै, कार्यसमिति सदस्यमा भीम घिमिरे, नवीन श्रेष्ठ, दशरथ यादव (वेचन), योवाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ, लेखा समिति संयोजकमा गणेश खत्री तथा सदस्यमा रोषन घिमिरे र विकास राई उम्मेद्वार छन् ।
उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भदौ ३१ गते निर्वाचन हुँदैछ । सोमबार प्रगतिशील साझा गठबन्धनले ¥याली निकालेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय