About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २८ भदौ
आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनको प्रचार प्रसारका क्रममा प्रगतिशील साझा प्यानलले आज उर्लाबारीमा ¥याली निकालेको छ । उर्लाबारी–७ चिउरामिलबाट सुरु भएको ¥याली बरगाछी, उर्लाबारी चौक हुँदै हाटखोलामा पुगेर समापन भएको थियो ।
प्रगतिशील साझा प्यालनका उम्मेद्वारहरुको पक्षमा माहोल सिर्जना गर्न ¥याली निकालिएको प्रगतिशील साझा प्यानल निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर भट्टराई (भरत) ले बताउनुभयो । सो प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार शेरबहादुर भण्डारीसहित उम्मेद्वारहरु, उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नेकपा एमाले, नेकपा (एस), नेकपा माओवादी केन्द्र र राप्रपाका स्थानीय नेता कार्यकर्ता, व्यापारी व्यवसायीको ¥यालीमा सहभागिता रहेको थियो ।
सो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिवमा सम्झना खतिवडा आचार्य, उद्योग सचिवमा डिल्ली खतिवडा, वाणिज्य सचिवमा यज्ञबहादुर बस्नेत र कोषाध्यक्षमा राजन दाहाल उम्मेद्वार रहेका छन् । यस्तै, कार्यसमिति सदस्यमा नुतन राई, नितम चौहान, निलप्रसाद गौतम, अनिल साहु र नरेन्द्र थापा, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी तथा सदस्यमा राधिका काफ्ले र फुर्वा तामाङ उम्मेद्वार छन् ।
उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भदौ ३१ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय