About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, २७ भदौ
मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाले यतिबेला पथरी शनिश्चरेका व्यावसायीहरुलाई छपक्कै छोपेको छ । भोलि भदौ २८ गते हुने संघको निर्वाचनमा वर्तमान अध्यक्ष दिपक बस्नेत र पूर्व अध्यक्ष धनकुमार तामाङ प्यालनसहित चुनावी मैदानमा छन् ।
दुवै प्यानलले व्यावसायीको हक, हित र व्यवासायिक सुरक्षाका प्रत्याभुति गराउने प्रतिवद्धताका साथ आफ्नो नेतृत्वको उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गरिरहेको अवस्थामा स्थानीय व्यावसायीहरु भने अहिले दुवैलाई तराजुमा राखेर उम्मेद्वारहरुको कार्यशैली, शिष्टता र व्यावसायिक हितका लागि उनीहरुले गरेका कार्यहरुलाई तौली रहेका छन् ।
हाल चुनावी मैदानमा जित आफ्नो पक्षमा पार्न सघर्ष गरिरहेका दुवै उम्मेद्वारले व्यापार सघलाई अध्यक्षको भूमिकामा रहि एक–एक कार्यकाल पुरा गरिसकेको हुनाले पनि यति बेला बजारमा उनीहरुले अघिल्लो कार्यकालमा गरेका व्यापारिक न्याय सम्पादनको मूल्याङ्कनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । हाल १ हजार ५ सय ८६ मतादाता रहेको संघले अबको नेतृत्व विवेकपूर्ण ढंगबाट चुन्नु पर्ने बेला आएको छ ।
धनकुमार तामाङ नेतृत्वमा रहेको साझा समूहका उम्मेद्वारहरुले आफ्नो चुनावी प्रचार प्रसार तीब्र पारेका छन् । यस पटक तामाङ नेतृत्वको प्यानल नै उद्योग वाणिज्य संघमा निर्वाचित हुने स्थानीय व्यावसायीहरुले बताइरहेका छन् । साविक मोरङको राजघाटमा जन्मिएका धनकुमार तामाङ ८ वर्षको उमेरदेखि पथरी बजारमा बस्दै आएका स्थानीय व्यावसायी हुन् ।
२०५६ सालदेखि नै पथरीमा पसल व्यवसाय सुरु गरेर व्यबसायिक यात्राको थालनी गरेका तामाङले कस्मेटिक, रेडिमेट कपडा पसल, कोल्डस्टोर लगायतका पसल व्यवसाय सञ्चालन गरे । प्रतिक्षा कस्मेटिक्स पसल अहिले पनि पथरीमा तामाङले सञ्चालन गरिरहेका छन् । यति मात्रै हैन तामाङले थ्री स्टार होटल पनि ३ वर्षसम्म सञ्चालन गरे । तामाङले २०४९ सालबाट मोरङ बस यातायात संघको सदस्य, सह–सचिव हुदै २०६४ सालदेखि हालसम्म पनि अध्यक्ष पदमा रहेर सेवा गरिरहेका छन् ।
मोरङ बस यतिबेला पूर्वी मोरङ यातायात प्रा.लि. को नामबाट सञ्चालित छ । सामाजिक रुपमा अग्रणी भूमिका खेल्ने तामाङले २०५० सालमा क्षितिज एकता मञ्चको गठन गरी एक कार्यकाल अध्यक्ष पदमा रहेर सेवा गरे । क्षितिज एकता मञ्चले पथरीमा रहेका छाडा चौपायहरु नियन्त्रण गर्ने, पथरी आसपासमा रहेको फोहोरको डङ्गुरलाई व्यवस्थापन गर्ने र सुन्दर सफा पथरी बनाउने काममा मुख्य भूमिका खेल्यो, जस्को नेतृत्व तामाङले गरेका थिए । तामाङको अध्यक्षतामा बिशाल बचत तथा ऋण सहकारी संस्था पनि सञ्चालनमा रहेको छ ।
पथरी स्पोर्टिङले आयोजना गरेको, पथरीको शानको रुपमा हेरिएको पथरी गोल्डकप २०७० र २०७१ पनि तामाङको नेतृत्वमा सम्पन्न भएको थियो । त्यसपछि हालसम्म पनि पथरी गोल्डकपको आयोजना हुन सकेको छैन । २०५१ सालमा नै पथरीमा पहिलो पटक तामाङको नेतृत्वमा महिला फुटबल खेल सम्पन्न गरेका थिए । तामाङ निर्वाचित हुनु भन्दा अगाडि (२०७१) सम्म मोरङ व्यापार संघमा मात्रै दर्ता भएको पथरी उद्योग वाणिज्य संघलाई आफ्नो लगभग ३ वर्ष ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएर कानुनी मान्यता प्रदान गराउन सफल भएको तामाङ बताउँछन् ।
आफ्नो कार्यकालमा अव्यवस्थित रुपमा रहेको भवनको व्यवस्थापन गरी अफिसका लागि चाहिने आवश्यक फर्निचर तथा सोफा सेटहरुको व्यवस्थापन, पथरी बजारको सौन्दर्यलाई नै अस्तव्यस्त पारिरहेको फोहोरलाई व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गरी फोहोरको उचित व्यवस्थापन गर्ने व्यवस्था गरेको, तात्कालिन समयमा देश अस्थीर राजनैतिक वातावरणमा चलिरहेका बेला राजनैतिक खिचातानी र दैनिकजसो बन्द हड्ताल भइरहेको अवस्थामा पथरीलाई बन्द मुक्त शहर बनाउन अग्रपंक्तिमा रहेर नेतृत्व गरेको, दैनिक रुपमा हुने चन्दा आतंक रोक्न मुख्य भूमिका खेलेको लगायत काम भएको उनले बताए ।
वाणिज्य संघको नयाँ भवन निर्माणका गर्न हनुमान चौकमा १२ धुर जग्गा २४ लाखमा खरिदका लागि ३ लाख रुपैँया बैना समेत गरेको थियो । पछि बस्नेत नेतृत्वको समितिले सो जग्गा छाडेर नयाँ स्थानमा जग्गा खरिद गरेर भवन निर्माण थालेको छ ।
वाणिज्य संघको सर्वाधिक चर्चामा रहेको पथरीकी फेन्सी पसल सञ्चालक रिना बस्नेत मृत्यु प्रकरणमा वाणिज्य संघ चुइक्क बोलेन, त्यतिबेला अहिले अध्यक्ष पद ताकिरहेका दिपक बस्नेत अध्यक्ष थिए तर तामाङ सहितका युवाहरुले निरन्तर आवाज उठाए । वाणिज्य सघमा एक कार्यकाल नेतृत्व तहमा रहेर काम गर्दा पथरीका व्यावसायीहरुका प्रिय बनेका तामाङले पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि यति बेला पथरीका व्यापारीहरु धन कुमार तामाङ नै पथरी उद्योग वाणिज्य सघ र व्यापारीहरुको उम्दा अध्यक्ष पदका उम्मेद्वार रहेको प्रतिक्रिया दिइरहेका छन् ।
उनी भन्छन्, ‘सानादेखि ठूला सबै व्यापारीलाई समस्या पर्दा भेदभाव नगरी समान दृष्टिले मध्यरातको समय नभनी अहोरात्र खटिने धनकुमार फेरि पनि आउनु स्थानिय व्यापारीहरुको लागि खुसीको कुरा हो ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय