About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २७ भदौ
३३ वर्ष अघिदेखि कार्यरत इटहरीका तीन जना महिला स्वास्थ्य स्वयंसेविकालाई इटहरी उपमहानगरपालिकाले सम्मानसहित विदाई गरेको छ । ६० वर्षे उमेरहदका कारण विष्णुतारा नेपाली, गंगादेवी नेपाल र गंगीया सरदारलाई सम्मानसहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गर्नुभयो ।
उहाँहरुलाई ३० हजार रकम प्रोत्साहन भत्तासहित विदाई गरिएको हो । विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो “राष्ट्र निर्माणका लागि स्वस्थ जनशक्तिको आवश्यकता पर्छ, स्वस्थ जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंसनीय छ ।” इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय