About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ भदौ
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ मा प्रेम याक्खा नेतृत्वको उम्मेदवारी घोषणा गरिएको छ । नेपाली काँग्रेस मोरङ १ का क्षेत्रीय सभापति खड्ग फागोको प्रमुख आतिथ्यतामा उम्मेदवारी घोषणा गरिएको हो ।
सो अवसरमा वडा सभापतिमा प्रेम याक्खा, उपसभापतिमा शिवहरी कार्की र दिपक गहतराज, सचिवमा भीमप्रसाद घिमिरे र दिपक डाँगी, सहसचिवमा राजनकुमार श्रेष्ठ र सरस्वती विष्ट उम्मेद्वार बनेका छन् । यस्तै, वडा समिति सदस्यमा गुणराज मगर, बिमलाकुमारी कार्की, जितबहादुर बस्नेत, सकुन्तला भट्टराई, हेमराज लिम्बू, प्रकाश आचार्य, मेनुका न्यौपाने, लालमाया तामाङ, रमिता सुवेदी, अप्सरा दाहाल, लेखनाथ अधिकारी र डिल्लीराम दाहाल उम्मेद्वार बनेका छन् ।
उक्त वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वजीत भण्डारी, कल्याणकुमार राई, नेत्रप्रसाद आपागाई, रत्नबहादुर तामाङ, योगेन्द्र कटुवाल (गोपाल), प्रकाश श्रेष्ठ, अरुणा थापा, गीतादेवी अधिकारी, रेणुकादेवी निरौला, सरिता निरौला, तिलकबहादुर रोक्का, जगतबहादुर तामाङ, कुमार घिमिरे, युवराज चौधरी र दुर्गाप्रसाद निरौला उम्मेद्वार रहेका छन् ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि खड्ग फागो, वडा सभापतिका उम्मेद्वार प्रेम याक्खा, क्षेत्रीय प्रतिनिधिका उम्मेद्वार कल्याणकुमार राई, निर्वाचन परिचालन समितिका संयोजक जीवनचन्द्र सापकोटालगायतले मन्तव्य राखेका थिए ।
प्रदेश १ को १४ जिल्ला मध्ये मोरङमा मात्र वडा अधिवेशन हुन बाँकी छ । आगामी असोज ५ गते वडा अधिवेशन गर्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय