About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ भदौ
उर्लाबारीमा रहेर सामाजिक क्षेत्रमा कार्य गरिरहेका तीन वटा लायन्स क्लबहरुले संयुक्त रूपमा पदस्थापन कार्यक्रम सम्पन्न गरेका छन् । उर्लाबारी–८ स्थित एभरेस्ट फनपार्कको सभाहलमा आज आयोजित कार्यक्रममा लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ ईष्ट्रन मोरङ र लायन्स क्लब अफ आस्था उर्लाबारीको पदस्थापन भएको हो ।
लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ ए का गभर्नर रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व गभर्नर राजन खत्री, केदार ढुङ्गेल, लायन्स लिडरहरु कोमल शाक्य, सुवास सापकोटा, विष्णु गुरागाई, सोभितमाया तामाङ लगायतले लायन्स क्लबले स्थानीय स्तर र अन्तर्राष्ट्रिय रूपमा पु¥याएको योगदानका विषयमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ उर्लाबारी अध्यक्ष अर्जुन थापा, लायन्स क्लब अफ ईष्ट्रन मोरङका अध्यक्ष झमक काफ्ले एवम् लायन्स क्लब अफ आस्था उर्लाबारीका अध्यक्ष सृजना मास्के र ती क्लबका पदाधिकारीहरुलाई पदस्थापन गरिएको थियो । लायन्स क्लब अफ उर्लाबारीका निवर्तमान अध्यक्ष नितम कार्कीको अध्यक्षतामा भएको कार्यक्रम लायन्स लिडर पवन वाईबाले सञ्चालन गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय